२०८३, १४ कार्तिक शनिबार

ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगे कार्यकर्ता

ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगे कार्यकर्ता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् ।

मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् ।

सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् ।

ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका थिए । एमाले नेता–कार्यकर्ताहरुको भीड हवाई जहाजको ढोकैमा पुग्यो ।

विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीले भने रोक्न खोजे पनि नेता-कार्यकर्ता जबर्जस्ती ढोकासम्मै पुगेर फूलमाला र खादा लगाइदिएको बताए ।

२०७९ सालको चैतमा पनि केपी शर्मा ओली बाँकेको नेपालगञ्ज विमानस्थलमा ओर्लिंदा एमाले कार्यकर्ताहरु यसैगरी विमानको ढोकैसम्म पुगेका थिए ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : १९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा