२०८३, ९ बैशाख बिहीबार

विद्युतीय चुरोटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर

विद्युतीय चुरोटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

आज बुधवार काठमाण्डौ जिल्ला अदालतमा महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई अहिले काठमाण्डौ बस्ने दावा छिरिङ र काठमाण्डौका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादीमध्ये निमा फरार छन् ।

सरकारी विकल कार्यालयले उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । उनीहरूसँग आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

२०७९ सालको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको नौ किलो ११ ग्राम पाँच सय २४ मिलिग्राम सुन भेटिएको थियो । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरी गएको असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । सुन भन्सारमा रहेको बेला छुटाउन दबाब दिएको आरोप पूर्वसभामुख महराका बाबुछोरामाथि लागेको छ । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : ०१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले