२०८३, १४ असार सोमबार

मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार : सचिव योगेश भट्टराई

मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार : सचिव योगेश भट्टराई


जनकपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेसको स्वाभिमान र समृद्धिको लागि एमालेले सरकारको नेतृत्व गर्नुपने बताउनु भयो ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा जुटिरहेको र चैत्र मसान्तसम्म सबै सकेर शसक्त र गतिशिल संगठन बन्ने बताउनु भयो । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मुल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश ईन्चार्ज भट्टराइले जानकारी दिनुभयो । यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनौट भएका छन् । एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भयो ।

सचिव भट्टराईका अनुसार ‘चाडपर्वहरु सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । सबै देशभरका पालिकाको ७५३ वटाकै । त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ । देशभरका सबै वडाको । त्यसपछि टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ । संगठनात्मक हिसावले । यो हाम्रो अधिवेशन साल हो । मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको मुख्यमन्त्री चाहिन्छ । एमालेको सरकार चाहिन्छ । १३६ पालिका एमालेको प्रमुख चाहिन्छ । प्रधानमन्त्री एमालेको चाहिन्छ ।

मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छौँ । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसावले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेर्छौँ ।’

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ५ : ५८ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण