२०८३, २४ आश्विन आईतबार

भारतको सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का

भारतको सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का


काठमाडौं । भारतको सिक्किममा आएको बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएको छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएको दिन असोज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् ।

उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खोजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएको बताउनु भएको छ । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएको र उनीहरुको खोजीका लागि समस्या भएको उहाँले बताउनु भयो ।

उहाँले बेपत्ताहरुको खोजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  १ : ४९ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री