काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थिहरुको सम्झनामा आज विश्ववियालयले आज शोक बिदा दिएको हो ।
इजरायल आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ । एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।
यसैबीच इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।
त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया