२०८२, २२ जेष्ठ बिहीबार

वर्षाले चितवनको विभिन्न ठाउँका धानबालीमा क्षति

वर्षाले चितवनको विभिन्न ठाउँका धानबालीमा क्षति


काठमाडौं । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन्।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । ‘अहिले नै पानीले त्यति ठूलो क्षति पुर्‍याएको छैन,’ उहाँले भन्नुभयो, ‘अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।’ उहाँका अनुसार चितवनमा एक हप्तापछि धेरैजसो ठउँमा लगाएको धान काट्न शुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका धेरैजसो किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ शरणपुरका सुनिल दवाडीले बताउनुभयो । ‘मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ,’ खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उहाँले भन्नुभयो, ‘धान रोप्न गरेको लगानी पनि खेर गयो ।’ खेत रोप्न २५ हजार रुपैयाँ लागेको उहाँले बताउनुभयो । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उहाँले बताउनुभयो । ‘मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो,’ उहाँले भन्नुभयो, ‘मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।’ काट्न १० जना खेताला लागेको उहाँले बताउनुभयो ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । ‘छ–सातवटा बालबालिका छन् । अरु कमाइ छैन । यही खेती गरेर खाने हो,’ शरणपुरकी शिला लामिछानेले भन्नुभयो, ‘वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो । चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  १० : २३ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक