२०८३, १४ श्रावण शुक्रबार

वर्षाले चितवनको विभिन्न ठाउँका धानबालीमा क्षति

वर्षाले चितवनको विभिन्न ठाउँका धानबालीमा क्षति


काठमाडौं । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन्।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । ‘अहिले नै पानीले त्यति ठूलो क्षति पुर्‍याएको छैन,’ उहाँले भन्नुभयो, ‘अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।’ उहाँका अनुसार चितवनमा एक हप्तापछि धेरैजसो ठउँमा लगाएको धान काट्न शुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका धेरैजसो किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ शरणपुरका सुनिल दवाडीले बताउनुभयो । ‘मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ,’ खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उहाँले भन्नुभयो, ‘धान रोप्न गरेको लगानी पनि खेर गयो ।’ खेत रोप्न २५ हजार रुपैयाँ लागेको उहाँले बताउनुभयो । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उहाँले बताउनुभयो । ‘मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो,’ उहाँले भन्नुभयो, ‘मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।’ काट्न १० जना खेताला लागेको उहाँले बताउनुभयो ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । ‘छ–सातवटा बालबालिका छन् । अरु कमाइ छैन । यही खेती गरेर खाने हो,’ शरणपुरकी शिला लामिछानेले भन्नुभयो, ‘वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो । चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  १० : २३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा