२०८३, २१ बैशाख मंगलबार

मुख्यमन्त्री कार्कीको पत्र : राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन अनुरोध

मुख्यमन्त्री कार्कीको पत्र : राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन अनुरोध


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलका प्रदेसभा सदस्यलाई अनुरोध गरेका छन् ।

कार्कीले प्रदेशसभामा रहेका सबै दलका नेतालाई पत्र पठाउँदै कोशी प्रदेशको राजनीaतिक स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने कार्यक्रम छ ।

‘प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा ९४० बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन सहित०को नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दलसमक्ष हार्दिक अनुरोध गर्दछु’, कार्कीले पत्रमा भनेका छन्, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनुभएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवं सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’

९३ जना प्रदेश सभा सदस्यमध्ये एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपा ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । ६ सांसद रहेको राप्रपाले एमालेको साथ छोडिसकेकाले उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीमध्ये कुनै एक दलको समर्थन लिन सके भने मुख्यमन्त्रीलाई सजिलो हुने छ ।

मुख्यमन्त्री कार्कीको पत्र

प्रकाशित मिति : २०८०, २० आश्विन शनिबार  ११ : ४४ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष