२०८३, १४ कार्तिक शनिबार

एमाले गण्डकी प्रदेश अधिवेशन अपडेट : आज मतदान

एमाले गण्डकी प्रदेश अधिवेशन अपडेट : आज मतदान


पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । यसअघि हिजो बुधबार दिउँसो १ बजे मतदान सुरु गर्ने तालिका सार्वजनिक भएको थियो । तर बुधबार मनोनयन प्रक्रिया ढिला सुरु हुँदा प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनःसंशोधन गर्दै बिहीबार दिउँसोबाट मतदान हुने जनाएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ताको समयावधि बिहानसम्मको लागि तय गरिएको छ त्यसपछि आजै दिउँसो मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचनमा विद्युतीय मतदान हुने भएकाले परिणाम आजै आउने छ । मतदानमा प्रदेशका ८५ वटै स्थानीय तहबाट आएका ९०७ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । सोमबार उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसक्दा मतदान हुन लागेको हो । प्रदेश अध्यक्षका लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ८ : ०९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा