२०८३, २२ आश्विन शुक्रबार

एमाले गण्डकी प्रदेश अधिवेशन अपडेट : आज मतदान

एमाले गण्डकी प्रदेश अधिवेशन अपडेट : आज मतदान


पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । यसअघि हिजो बुधबार दिउँसो १ बजे मतदान सुरु गर्ने तालिका सार्वजनिक भएको थियो । तर बुधबार मनोनयन प्रक्रिया ढिला सुरु हुँदा प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनःसंशोधन गर्दै बिहीबार दिउँसोबाट मतदान हुने जनाएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ताको समयावधि बिहानसम्मको लागि तय गरिएको छ त्यसपछि आजै दिउँसो मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचनमा विद्युतीय मतदान हुने भएकाले परिणाम आजै आउने छ । मतदानमा प्रदेशका ८५ वटै स्थानीय तहबाट आएका ९०७ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । सोमबार उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसक्दा मतदान हुन लागेको हो । प्रदेश अध्यक्षका लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ८ : ०९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य