२०८२, २५ श्रावण आईतबार

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन


काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खांनले चाडबाड लक्षित सहुलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।

‘चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न ठाउँमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ । यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ’, उहाँले भन्नुभयो, ‘त्यस्तै कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कालोबजारी, कृत्रिम अभाव लगायतका समस्याको समाधान गर्न अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइन्छ ।’

बैठकमा नेपालमा उत्पादित सुपारीको निकासीमा देखिएका समस्याबारे सुपारी उत्पादक किसान र व्यवसायी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको छ । सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ६ : ३८ बजे

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पूर्व निर्धारित वैठकहरु अचानक पछि

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए

आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी