२०८३, २२ आश्विन शुक्रबार

देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको छ : ओली

देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको छ : ओली


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताएका हुन् ।

‘केही नभई आफैं–आफैं घरबाट निस्किएर त कोही झगडा गर्दैन, कसैले उचाल्द्या हुन्छ,’ ओलीले भने, ‘शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन ।’ यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितमा नभएको उनले बताए ।

‘साम्प्रदायिक विद्वेष भड्काउने कुरो कुनै पनि हिसाबले गलत मनसायका साथ नै हुने गर्छ । र, यो देशका लागि, जनताका लागि, स्थानीय समुदायका लागि, कसैका लागि पनि, कुनै हिसाबले पनि हितकर होइन,’ एमाले अध्यक्ष ओलीले भने ।

उनले थप भने, ‘यो धेरै नराम्रो लक्षण हो, यसमा खेल्न खोजेका छन् मान्छेहरुले । आफ्ना अभिष्ट पूरा गर्न खोज्या छ । गलत अभिष्ट पूरा गर्न खोज्या छ । तर म के विश्वास गर्छु भने, नेपाली जनता त्यस्तो नराम्रो कुरातिर लाग्दैन ।’

हामीहरु विविधतायुक्त समाजमा रहेको बताउँदै उनले त्यसमा खेल्न खोज्नु दुःखको कुरा भएको बताए । ‘विविधता भनेको हाम्रो राष्ट्रिय पहिचान पनि हो एक खालको र यो हाम्रो सम्पदा पनि हो, सम्पन्नता पनि हो,’ ओलीले भने, ‘त्यसलाई त्यसैरुपमा प्रयोग गर्न सक्ने र एकताबद्ध बनाएर लान सक्ने भएन भने त्यो दुःखको कुरा हो, हाम्रो यथार्थ भन्दा परको कुरा हो ।’

प्रदेशमा मिलेर अघि बढ्न सुझाव

एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यवाधिको संकट टार्नका लागि मिलेर जान दलहरुलाई आग्रहसमेत गरे ।

संविधानको धारा १६८ को ९३० अनुसार बनेको एमाले नेतृत्वको वर्तमान सरकारले विश्वासको मत नपाए उपधारा ९५० मा जाँदा अनिश्चिततातिर जाने जोखिम हुने उनले बताए । ओलीले भने, ‘त्यहाँ एउटा खुड्किला मात्रै रहन्छ त्यहाँबाट चिप्लियो भने मध्यावधि चुनावको विकल्प रहँदैन ।’ मध्यावधिमा गए एमालेबाहेक अरू दलको सिट घट्ने उनको दाबी छ ।

कोशी प्रदेशमा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । तर अहिलेकै अवस्था हेर्दा उनले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  २ : ०९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य