२०८२, २७ चैत्र शनिबार

सिक्किममा ठूलो वर्षापछि आएको बाढीले सेनाका २३ जवान बेपत्ता

सिक्किममा ठूलो वर्षापछि आएको बाढीले सेनाका २३ जवान बेपत्ता


काठमाडौं । भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलो वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको छ ।

यस्तै, बाढीमा परेर जलविद्युत् आयोजनाका केही कर्मचारी पनि बेपत्ता भएका आशङ्का गरिएको छ । राति अचानक आएको बाढीका कारण धेरै नोक्सानी भएको खबरमा उल्लेख छ । वर्षाका कारण त्यहाँको राष्ट्रिय राजमार्गसहित धेरै सडकमा क्षति पुगेको छ ।

सडक सम्पर्क टुट्दा राहत तथा उद्धारमा कठिनाइ भएको छ । बाढीको जोखिम बढेपछि जलपाइगुडीमा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  १२ : ४३ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण