२०८२, २० चैत्र शनिबार

नेपालगञ्जमा मंगलबारदेखिको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै

नेपालगञ्जमा मंगलबारदेखिको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै


नेपालगञ्ज । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यु लगाएको थियो ।

मंगलबारको झडपमा तीन सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।

नेपालगञ्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएको थियो । अवस्था तनावपूर्ण बन्दै गएपछि मंगलबार दिउँसोदेखि नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

नेपालगञ्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँदै गएको थियो । सामाजिक सञ्जालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । गत आइतबार एक युवकले लेखेको स्टाटसले आफ्नो धर्म र समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै मुस्लिम युवाले कारबाहीको माग राख्दै बिरोध प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केही घण्टा बिरोध प्रदर्शन गरेका थिए । अवस्था बिग्रँदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो । जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपीन आर्चाय, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टलगायत विभिन्न दलका नेताहरुको अगुवाइमा सद्भाव र्‍याली समेत गरिएको थियो ।

मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगञ्ज नगरमा बन्दको आह्वान गर्दै बिरोध प्रर्दशन गरेको थियो । बिरोध प्रदर्शनका क्रममा हिन्दु युवालाई घरको छतबाट ढुंगा हानेपछि तनाव उत्पन्न भएको थियो । त्यसपछि बिरोधमा उत्रिएका युवाले सार्वजनिक सम्पक्ति तोडफोड, नगरका केही पसल र घरमा तोडफोड गरेका थिए । तोडफोडका क्रममा केही मोटरसाइकलमा आगजनी समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपीन आर्चायले एक विज्ञप्ति जारी गर्दै नेपालगञ्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् । उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, र्‍याली, हुलहुज्जत र अत्यावश्यक काममा बाहेक हिँडडुलमा रोक लगाएको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ९ : ५३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।