२०८२, २४ मंसिर बुधबार

बझाङ भूकम्प अपडेट : अस्पताल प्रांगणमै गराइयो सुत्केरी, घाइते पाँच जना अस्पताल भर्ना

बझाङ भूकम्प अपडेट : अस्पताल प्रांगणमै गराइयो सुत्केरी, घाइते पाँच जना अस्पताल भर्ना


बझाङ । बझाङमा लगातार भूकम्पपछि व्यथा लागेकी एक गर्भवती महिलालाई अस्पताल प्रांगणमै सुत्केरी गराइएको छ । व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पतालको आँगनमा पर्दा लगाएर सुत्केरी गराइएको हो । भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको थियो ।

बझाङका धेरैजसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ । २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका कारण विद्यालय भवन, स्थानीयका घर गोठ भत्किएका छन् । पाँच जना घाइतेलाई अस्पताल भर्ना गराइएको छ ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  १० : १० बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे