२०८२, २५ कार्तिक सोमबार

बझाङ भूकम्प : दर्जनौँ घर भत्किए

बझाङ भूकम्प : दर्जनौँ घर भत्किए


काठमाडौं । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले थलारा गाउँपालिका–९ को सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्पका कारण अन्य ठाउँहरुमा समेत घरहरू भत्किएको स्थानीयले जानकारी दिएका छन् ।

भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले बताउनुभयो । अहिले क्षतिको विवरण लिने काम भइरहेको उहाँको भनाइ छ ।

यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ४ : ४२ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।