२०८३, २० आश्विन बुधबार

पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध

पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध


काठमाडौं । पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको हो ।

वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको छ ।

बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो । सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरु, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत समस्यामा परेका छन् ।

पहिरोकै कारण मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको छ । अहिले सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्किएका गाडीहरु बीच सडकमै रोकिएका छन् । वर्षा रोकिएपछि मात्रै सडक मर्मत गरेर खुलाइने प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म कुल ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको कार्य अहिले पनि भइरहेको छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ ।

त्यस्तै, पश्चिम म्याग्दीको मङ्गला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम र म्याग्दी जोड्ने दुई जिल्ला बेनी–दरबाङ सडक म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडक खण्ड पनि वर्षातको समयमा पटकपटक अवरुद्ध हुँदै आएको छ ।

यस सडक खण्डको पनि विभिन्न ठाउँमा सडक स्तरोन्नति र विस्तारको काम हुँदै आइरहेको छ । वर्षाकै कारण म्याग्दी सदरमुकामदेखि ग्रामीण जोड्ने सडक पनि हिलाम्मे भएका छन् । वर्षाले सडक अवरुद्ध बनेपछि यात्रु तथा नागरिकले सास्ती बेहोरेका छन् ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ११ : २६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको