२०८२, २५ कार्तिक सोमबार

पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध

पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध


काठमाडौं । पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको हो ।

वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको छ ।

बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो । सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरु, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत समस्यामा परेका छन् ।

पहिरोकै कारण मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको छ । अहिले सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्किएका गाडीहरु बीच सडकमै रोकिएका छन् । वर्षा रोकिएपछि मात्रै सडक मर्मत गरेर खुलाइने प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म कुल ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको कार्य अहिले पनि भइरहेको छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ ।

त्यस्तै, पश्चिम म्याग्दीको मङ्गला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम र म्याग्दी जोड्ने दुई जिल्ला बेनी–दरबाङ सडक म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडक खण्ड पनि वर्षातको समयमा पटकपटक अवरुद्ध हुँदै आएको छ ।

यस सडक खण्डको पनि विभिन्न ठाउँमा सडक स्तरोन्नति र विस्तारको काम हुँदै आइरहेको छ । वर्षाकै कारण म्याग्दी सदरमुकामदेखि ग्रामीण जोड्ने सडक पनि हिलाम्मे भएका छन् । वर्षाले सडक अवरुद्ध बनेपछि यात्रु तथा नागरिकले सास्ती बेहोरेका छन् ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ११ : २६ बजे

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ