२०८२, ५ कार्तिक मंगलबार

नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो

नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो


काठमाण्डौ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । सन्दीप जोरा २९ रनमा आउट भए । कुशल भुर्तेल २८ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे । भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए ।

त्यसअघि हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ११ : १७ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,