२०८३, २० आश्विन बुधबार

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित


काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले, मानव अधिकार आयोगलाई स्वतन्ताको सवालमा सरकार गम्भीर हुनु पर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित वर्तमान सन्दर्भमा राष्ट्रिय मानव अधिकारको भूमिका विषयक कार्यक्रममा उनले, आयोगको राजनीतिक तथा प्रशासनिक स्वतन्त्रताबारे पहिलेदेखि नै कुरा उठेको भन्दै सरकारले यसलाई गम्भीररुपमा लिनु पर्ने बताए ।
उनले ‘आयोगका सहायता र आयोगको स्वतन्त्रताकाबीच वित्तिय स्वार्थ राजनीतिक निर्णयको कुरा प्रशासनिक स्वार्थको कुरा सबै पहिले देखि नै उठिरहेको छ । त्यसको लागि नयाँ कानून सरकारले , संसदले गर्नुपर्छ । र यो असाध्यै महत्वपूर्ण छ ।’
उनले सरकारी सहयोग र स्थायित्वको सवालमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

‘सहायताको कुरा यति संवेदनशील छ । कतै यस्तो सन्देश पनि नजाओस कि मानव अधिकार आयोग नेपालको गजब छ । एउटा सरकारले नियूक्त गर्छ अर्को सरकार आएर त्यसलाई घुमाएर राजीनामा गर्न लाउँछ भन्ने सन्देश गयो भने के हुन्छ ? सरकार आउछ जान्छ आयोगले दिगो काम गर्छ एउटाले भन्ने पनि त हो नि । ’ उनले भने । त्यस्तै मानव अधिकार आयोगका सदस्य लिली थापाले, मानव अधिकारका सवालमा सबैजना गम्भीर हुनु पर्ने बताईन् । त्यस्तै अधिकारकर्मी चरण प्रसाईँले, व्यक्तिगत प्रतिष्ठा भन्दा पनि संस्थाको संरक्षणका लागि सबैले गम्भीर हुनुपर्ने बताए । ‘जुन सुकै सरकार आएता पनि सरकारहरुले आयोग बलियो भएको हेर्न चाहाँदैन् ।

आयोगलाई कमजोर नै भएको देख्न चाहान्छ । किन कि त्यहाँ उसको स्वईच्छाकारी चरित्रमाथि अङकुश लगाउने कुनै निकाय नहोस् भनेर सरकार त्यो चाहान्छ । यो राष्ट्रिय मानव अधिकारको विधेयक सरकारी विधेयमा होईन् गैर सरकारी गैर सरकारी विधेयक ऐन आएको हो ।’

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  १० : ५९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको