२०८२, २५ कार्तिक सोमबार

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै तीन दर्जन पत्रकारलाई निष्कासन गर्ने तयारी गरेकोमा विरोध गर्दैै, पत्रकार आवद्ध संस्थाले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुझाएका छन् । 

सोमबार संचारमन्त्रालयमा पुगेर पत्रकार महासंघ र श्रमजिवी पत्रकार संघ नेपालले मन्त्री शर्मालाई नियम कानून विपरित कान्तिपुर मिडियामा कार्यरत झन्डै तीन दर्जन श्रमजीवी पत्रकारलाई जागिर छोड्न मेल मार्फत जानकारी गराएकोमा ध्यानाकर्र्षण गराएका हुन् ।

मन्त्री शर्माले श्रमजीवी पत्रकारको हक अधिकार र कानून सम्मत अगाडि बढ्न मन्त्रालय तयार रहेको र कान्तिपुरको समस्याप्रति मन्त्रालय गम्भीर रहेको बताइन् । उनले कान्तिपुरको व्यवस्थापकलाई र श्रमजीवी पत्रकार तथा श्रमजीवीको पक्षमा बोल्ने संस्थालाई उक्त समस्यालाई सबै मिलेर सुझाउन आग्रह गरिन्  । तर, श्रमजीवीको पक्षमा भएको अन्यायलाई सरकारले गम्भीरतापूर्वक लिएको र मन्त्रालबाट समस्या समाधान नहुने देखिए क्याविनेट मै जान समेत मन्त्रालय तयार रहेको उनको आश्वासन छ ।

उनले भनिन्, ‘पहिले पनि कान्तिपुरको समस्यालाई गम्भीरतापूवक लिएर हाम्रो सूचना विभागले अगाडि बढाउने भनेर मन्त्रालयमा पनि सल्लाह गरेको हो । सूचना विभाग आफैंले पनि त्यसको निम्ति पहल प्रयत्न गर्यो। अब अझै सक्रियताका साथ कान्तिपूर सहितका अन्य मिडियामा समस्या छन् भने त्यसलाई समाधान गर्न विभागले पहल प्रयत्न थालोस र त्यसमा मन्त्रालयले के सहजीकरण गर्नुपर्छ वा मन्त्रालयबाट क्याविनेट नै पुग्नुपर्ने भयो भनेपनि पुगौला ।’

केही समयअघिबाट कान्तिपुरले लामो समयबाट संस्थामा करारमा कार्यरत श्रमजीवी पत्रकारलाई काम छोड्न पत्र पठाउनेदेखि तलव वृत्ति लगायतका सेवा सुविधा रोक्ने जस्ता कार्य गर्दै आएको प्रति कर्मचारीले विरोध गर्दै आएका  छन् ।

पहिलोचरणमा श्रमिकले गरेको आन्दोलनका क्रममा कान्तिपुरले ७ बुँदे माग लागु गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयन नगरेको पत्रकार महासंघले जनाएको छ  ।

दशैंको मुखमा दशकौंदेखि करारमा काम गर्दै आएका करिव तीन दर्जन श्रमजीवी पत्रकारहरुलाई जवर्जस्ती अवकास पत्र इमेलमार्फत पठाएको, महिनौंदेखि तलब भुक्तानी नगरेको तथा केही श्रमजीवीलाई अपायक सरुवा (सहमति बेगर गरेको, नियम र प्रक्रिया नपुयाई ५० प्रतिशतभन्दा बढि श्रमजीवीहरुलाई जबर्जस्ती निष्काशनको तयारी गरेको भन्दै महासंघले आज सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ५ : २० बजे

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ