२०८३, २२ आश्विन शुक्रबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता


सुर्खेत ।  नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिटव्युरो सदस्य गुलावजंग शाहले ५२ मत ल्याएर शुरुवाती अग्रता लिएका छन् ।

आइतबार सम्पन्न मत गणनाको प्रारम्भीक नतिजा अनुसार एक सय मत गणना गर्दा शाहले ५२ ल्याएका छन् भने अध्यक्षका अर्का उम्मेरदवार मिनबहादुर शाहीले ३८ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेरदवार प्रकाशबहादुर शाहीले २ मत प्राप्त गरेका छन् । शाह र शाहीको मतान्तर १४ मत छ । प्रारम्भीक मत परिणाम अनुसार उपाध्यक्षमा टेकराज पछाईले ४६, लालबादुर महतारले ३२ र दानसिंह नेपालीले ११ मत प्राप्त गरेका छन् । पछाई शाह प्यानका हुन भने महतारा शाहीको प्यानलमा निर्वाचन लडेका थिए ।

यसैगरी सचिव पदमा शाह प्यानलकै सुर्खेतका धुर्व कुमार शाहीले ६५ मत प्राप्त गरेका छन् भने दैलेखका रुद्रबहादुर शाहीले २७ मत प्राप्त गरेको छन् । उपसचिवमा पनि शाहकै प्यानलले अग्रता लिएको छ । शाहको प्यानलमा उठेका दैलेखका रविन्द्रराज शर्माले ३८, कालीकोटका रमेश शाहीले ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी सुर्खेतकी पद्मा खड्काले २३ मत ल्याएकी छन् । शाहीको तर्फबाट खड्कालाई अघि सारिएको थियो । उपसचिवका उम्मेरदवार धिरेन्द्रराज गिरीले १३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ३ : ३९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य