२०८१, ५ माघ शनिबार

देशमा निर्माणमा केपी ओलीको विकल्प छैन : उपमहासचिव पृथ्वी सुब्बा गुरुङ

देशमा निर्माणमा केपी ओलीको विकल्प छैन : उपमहासचिव पृथ्वी सुब्बा गुरुङ

आमाको कोखबाट जन्मिएको बच्चा आमाकै कोखमा फर्कन


काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रष्ट दृष्टिकोण नभएका पार्टीले मुलुक विकासको लागि काम गर्न नसक्ने बताउन् भयो ।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै गुरुङले अहिले देशमा केही चटके पार्टीहरू आएका टिप्पणी गर्नुभयो । ‘चटकेवालाको राजनीतिक पार्टी खोलिएको छ, जसको मुलुक बनाउने कुनै दर्शन छैन, जसको मुलुक बनाउने कुनै योजना छैन, कुनै कार्यक्रम छैन, कुनै नीति छैन, नीति बिनाको पार्टी, कार्यक्रम बिनाको पार्टी, योजना बिनाको पार्टी, दृष्टिकोण बिनाको पार्टीले यो मुलुकमा कुनै तरकी गर्न सक्छ रु सक्दैनन्’, गुरुङले भन्नुभयो ।

दुनियाँमा यस्ता चटकेहरु धेरै मुलुकमा देखिएको भए पनि सस्ता कुरा गर्नेहरू राजनीतिमा धेरै नटिक्ने उहाँले प्रष्ट पार्नुभयो । नीति र दृष्टिकोण नभएकाले युवालाई दिग्भ्रमित बनाएका बताउँदै उहाँले युवालाई यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । युवाको सपना पूरा गर्ने पार्टी नेकपा एमाले नै भएको गुरुङले बताउनुभयो ।

गुरुङले आमाको कोखबाट जन्मिएको बच्चा आमाकै कोखमा फर्कन नसक्ने जस्तै अब लोकतन्त्र फकिएर राजतन्त्र आउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भित्र सुधार गर्नुपर्ने धेरै कुरा भए पनि अब राजतन्त्र फर्कने सम्भावना नरहेको उहाँले बताउनुभयो । नेपालका कम्युनिष्ट भनिएकाले कांग्रेसका फेर समातेर दलाल पुँजीवादीको संरक्षण गर्ने काम गरेका उहाँले बताउनुभयो । उनीहरूले नेपालमा कम्युनिष्टको बदनाम गराएको गुरुङको भनाइ छ । प्रचण्ड र माधव नेपालले विसर्जनको बाटो लिएको गुरुङले टिप्पणी गर्नुभयो ।

माधव नेपालले पार्टी फुटाएर गएको कुरा प्रमाणित गर्न नसकेको उहाँले बताउनुभयो । माधव नेपालको खुद्रा पसल अब धेरै दिन नचल्ने गुरुङले प्रष्ट पार्नुभयो । पुष्पकमल दाहालले सरकार बचाउन बारम्बार म्याच फिक्सिङ गरेको उहाँले बताउनुभयो । सत्ता टिकाउनको लागि ललिता निवास प्रकरणमा प्रचण्डले माधव नेपाललाई जोगाएको बताउँदै गुरुङले अहिले फाइल बन्द गरिएको भए पनि एमाले सत्तामा गएपछि त्यो फाइल खोल्ने गुरुङले प्रष्ट पार्नुभयो ।

गठबन्धन सरकारको कारण नेपालको स्वाधीनता जोखिममा परेको गुरुङले बताउनुभयो । भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले नेपाली सीमा मिचिएको विषयमा चुइँक्क समेत नबोलेको भन्दै उहाँले आलोचना गर्नुभयो । कार्यक्रममा बोल्दै गुरुङले अबको नेकपा एमालेमा अब कुनै गुट नभएको प्रष्ट पार्नुभयो । माधव नेपाल एमालेमा नै बसिरहेको एकै दिन देशभरिका वडा र पालिकामा एमालेको अधिवेशन हुने कुरा सम्भव नहुने उहाँले बताउनुभयो ।

यी सबै काम एकल नेतृत्वकै कारण सम्भव भएको उहाँले दाबी गर्नुभयो । ‘कम्तीमा अबको १० वर्षसम्म केपी ओलीको कुनै विकल्प छैन यो मुलुकमा, केपी ओली जस्तो सक्षम नेता भएन भने स्वाधीनताको आन्दोलन डगमगिन सक्छ, हाम्रो सुशासन र विकास निर्माण अभियान फेरि पनि अलमलिन सक्छ, कम्युनिष्ट पार्टीलाई अझ बलियो बनाउने, नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने कुरामा फेरी हामी अलमलमा पर्न सक्छौँ, हामीले शक्ति गुमाउन सक्छौँ’, उहाँले भन्नुभयो ।

केपी ओलीको नेतृत्वलाई स्विकारेर सबै कम्युनिष्ट पार्टीको झण्डा मुनि गोलबद्ध हुन आवश्यक रहेको उहाँले बताउनुभयो । पार्टीलाई बलियो बनाएर लैजान सकियो भने एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नभएको उहाँले प्रष्ट पर्नुभयो । एमाले सकियो भने आफ्नै कारणले सकिने बताउँदै उहाँले पार्टी एक भयो भने एमालेको तागतलाई कसैले हल्लाउन नसक्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ३ : २६ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन