२०८३, १० कार्तिक मंगलबार

एकीकृत निजामती ऐन माग गर्दै, स्थानीय तह कर्मचारी सडकमा (फोटो फिचर)

एकीकृत निजामती ऐन माग गर्दै, स्थानीय तह कर्मचारी सडकमा (फोटो फिचर)


काठमाडौं । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा स्थानीय तहका कर्मचारीले आजदेखि आन्दोलन थालेका छन् ।
सोमबार काठमाडौंको माईतीघरमा, निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन् । विरोध प्रदर्शनमा संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा समस्याबाट गुजरिनु परेको भन्दै निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दवाव स्वरुप आन्दोलन थालेको बताए। उनले भने, ‘स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा बिभिन्न समस्याबाट गुजरिरनुपरेको छ ।

वृद्धि विकास सेवा सुविधाका बाटाहरु बन्द गर्ने र नकारात्मक असर परेकाले तत्काल हाम्रा मागहरुलाई संवोधन गरेर सरकारले संघीय निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरोस् भन्ने सरकारलाई दवाव स्वरुप आन्दोलन थालेका हौं ।’
भोलि देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर बस्ने र ध्यानाकर्षण पत्र बुझाउने गौतमले जानकारी दिए । उनीहरुको असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : १९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा