२०८३, ८ भाद्र मंगलबार

एकीकृत निजामती ऐन माग गर्दै, स्थानीय तह कर्मचारी सडकमा (फोटो फिचर)

एकीकृत निजामती ऐन माग गर्दै, स्थानीय तह कर्मचारी सडकमा (फोटो फिचर)


काठमाडौं । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा स्थानीय तहका कर्मचारीले आजदेखि आन्दोलन थालेका छन् ।
सोमबार काठमाडौंको माईतीघरमा, निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन् । विरोध प्रदर्शनमा संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा समस्याबाट गुजरिनु परेको भन्दै निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दवाव स्वरुप आन्दोलन थालेको बताए। उनले भने, ‘स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा बिभिन्न समस्याबाट गुजरिरनुपरेको छ ।

वृद्धि विकास सेवा सुविधाका बाटाहरु बन्द गर्ने र नकारात्मक असर परेकाले तत्काल हाम्रा मागहरुलाई संवोधन गरेर सरकारले संघीय निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरोस् भन्ने सरकारलाई दवाव स्वरुप आन्दोलन थालेका हौं ।’
भोलि देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर बस्ने र ध्यानाकर्षण पत्र बुझाउने गौतमले जानकारी दिए । उनीहरुको असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : १९ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र