२०८३, ११ कार्तिक बुधबार

अपायक ठाउँमा नियुक्ति दिएको भन्दै पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

अपायक ठाउँमा नियुक्ति दिएको भन्दै पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा


काठमाडौं । पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएको भन्दै आमरण अनसनमा बस्नुभएको छ ।

पोखरा-१ बगरमा रहेको शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीको परिसरमा दृष्टिविहीन शोभा पौडेल हिजो आइतवारदेखि अनसन बस्नु भएको हो ।

लमजुङको दोर्जी गाउँपालिकाको बालकल्याण माविमा नियुक्ति रहेको तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान आउन निक्कै समस्या भएको उहाँले बताउनु भयो । उहाँले गएको वर्षअघि शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएको हो ।

उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी रोजगारीको सुनिश्चित हुनुपर्ने माग राख्नुभएको छ । उहाँले १५ वर्षदेखि पोखराको राष्ट्रिय माविमा पढाउँदै आउनु भएको थियो । आफ्नो परिवारका अन्य सदस्यमा पनि अपाङ्गता भएका कारण आफूलाई झन् समस्या भएको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : ०४ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव