२०८३, १४ कार्तिक शनिबार

एमाले कोशीमा मतदान सम्पन्न, मत गणना आज १ बजेपछि गर्ने

एमाले कोशीमा मतदान सम्पन्न, मत गणना आज १ बजेपछि गर्ने


विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नयाँ नेतृत्वका लागि भएको मतदान आज विहान सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

आइतबार राति १० बजेदेखि सुरू भएको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समिति सयोजक चुडामणि आचार्यले बताए।. मतदान सोमबार विहान ५ बजे सकिएको थियो। आज दिउँसो १ बजेदेखी गणनाको तयारी गरिएको छ।

पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाले प्रतिस्पर्धा गरेका छन।

प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकालबीच प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ। उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राई मैदानमा छन।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ८ : १६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा