२०८३, २८ असार सोमबार

आज २०८० असोज १५ गते सोमबार तपाईको भाग्य हेर्नुहोस्

आज २०८० असोज १५ गते सोमबार तपाईको भाग्य हेर्नुहोस्


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । लाभदायक यात्रा पनि रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । भोज भतेरमा सहभागी भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपार्न पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दैनिक कार्यमा प्रगति र सफलता मिल्ने छ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज छोटो दूरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : ४३ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण