२०८३, ३० जेष्ठ आईतबार

बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

औसत मितिअनुसार नेपालबाट मनसुन बाहिरिने दिन आज ९अक्टोबर २० हो । तर, यो वर्ष नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ । अक्टोबर २ औसत मिति भएकाले योभन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिने सम्भावना हुन्छ । यो वर्ष औसतभन्दा ढिलो मनसुन बाहिरिने भएको हो ।

‘यो वर्ष मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । न्यूनतम तीन–चार दिन ढिलो हुने भएको छ’, मौसमविद् बरुण पौडेलले भने, ‘नेपालबाट मौसम बाहिरिने क्रम अझै सुरु भएको छैन ।’ नयाँ प्रणाली विकास भएर केहीदिन यता देशका केही भागमा वर्षा भइरहेको उनको भनाइ छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन । भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेको मौसमविद् पौडेल बताउँछन् । मनसुन बाहिरिनेक्रम क्रमशः नेपालतर्फ सर्दै जाने उनी बताउँछन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : ३० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क