२०८१, ३ चैत्र सोमबार

बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

औसत मितिअनुसार नेपालबाट मनसुन बाहिरिने दिन आज ९अक्टोबर २० हो । तर, यो वर्ष नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ । अक्टोबर २ औसत मिति भएकाले योभन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिने सम्भावना हुन्छ । यो वर्ष औसतभन्दा ढिलो मनसुन बाहिरिने भएको हो ।

‘यो वर्ष मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । न्यूनतम तीन–चार दिन ढिलो हुने भएको छ’, मौसमविद् बरुण पौडेलले भने, ‘नेपालबाट मौसम बाहिरिने क्रम अझै सुरु भएको छैन ।’ नयाँ प्रणाली विकास भएर केहीदिन यता देशका केही भागमा वर्षा भइरहेको उनको भनाइ छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन । भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेको मौसमविद् पौडेल बताउँछन् । मनसुन बाहिरिनेक्रम क्रमशः नेपालतर्फ सर्दै जाने उनी बताउँछन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : ३० बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस