२०८२, १५ भाद्र सोमबार

बालक मृत्यु प्रकरण : फरार चालक र मोटरसाइकल नियन्त्रणमा

बालक मृत्यु प्रकरण : फरार चालक र मोटरसाइकल नियन्त्रणमा


काठमाण्डौ । शनिवार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ। प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ वर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकलको ठक्करबाट शनिवार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो। यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपूको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो।

बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ६ : २१ बजे

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डाक्टर

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई

यी हुन् मन्त्रिपरिषद्का २४ निर्णय (सूचीसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को भदौ

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद