२०८३, ७ कार्तिक शनिबार

आईएमई पे डिजिटल दशैँ तिहार अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार

आईएमई पे डिजिटल दशैँ तिहार अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार


काठमाण्डौ । डिजिटल वालेट आईएमई पे ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आईएमई पे डिजिटल दशैँ तिहारु अभियान सार्वजनिक गरेको छ ।

असोज १४ गतेदेखि शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिने अभियान अन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने आईएमई पे ले जनाएको छ । त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीले अल्टिमा लाइफ स्टायलको उपहार प्राप्त गर्ने र अन्त्यमा आठ जना विजेताले ५० हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् ।

साथै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड रुपैयाँ प्राप्त गर्ने दोहोरो मौका रहेको आईएमई पेका प्रमुख कार्यकारी निर्देशक सीईओ प्रविन रेग्मीले बताउनुभयो ।

यस अभियानसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आईएमई पे को आधिकारिक वेब पेजमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ६ : ०८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने