२०८२, ३० पुस बुधबार

निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लियो, आज रातिदेखि लागू हुने

निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लियो, आज रातिदेखि लागू हुने


काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको हो ।

अहिलेको मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय लिइएको निगमले जनाएको छ ।

निगमले हिजो पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रुपैयाँले बढाएको थियो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियो ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ३ : २३ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता