२०८३, २० आश्विन बुधबार

निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लियो, आज रातिदेखि लागू हुने

निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लियो, आज रातिदेखि लागू हुने


काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको हो ।

अहिलेको मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय लिइएको निगमले जनाएको छ ।

निगमले हिजो पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रुपैयाँले बढाएको थियो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियो ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ३ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको