२०८३, ३० जेष्ठ आईतबार

एमाले अध्यक्ष केपीको दवावपछि सुन तस्करी प्रकरणमा छानबिन गर्न आयोग गठन

एमाले अध्यक्ष केपीको दवावपछि सुन तस्करी प्रकरणमा छानबिन गर्न आयोग गठन

पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन


काठमाडौं । एमाले अध्यक्ष केपीको दवावपछि सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न पूर्व न्यायधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग गठन गरेको हो । आज विहान यसै विषयमा छलपलका लागि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । भेटघाटपछि प्रचण्डले आकस्मिक रुपमा मन्त्रीपरिषद् बैठक बोलाएका थिए ।
आजको मन्त्रिपरिषद् बैठकले, सुन तस्करी प्रकरणमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकको निणर्य सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘गृह मन्त्रालयको प्रस्तावमा सुनको अबैध तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने जुन निणर्य थियो त्यो अनुरुप उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको छ । जसमा अर्थविज्ञको रुपमा किशोरजंग कार्की, गृह मन्त्रालयको प्रनिधिको रुपमा प्रमराज जोशी र सहकुल थापा सहितको चार सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । ’
साथै सरकारले आयल सिनगमलाई पेट्रोलियम पदार्थको मूल्य यथावत गर्न निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  २ : १८ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क