२०८२, ३० पुस बुधबार

भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी, अब डिएसपीको कमाण्ड हुने

भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी, अब डिएसपीको कमाण्ड हुने


काठमाडौं । भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।

महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ । सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै महिला प्रहरी जवान ३ जना, दलित ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जना मागेको हो ।

असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा जनाइएको छ । थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने छ । पूर्व नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीले सम्बन्धित निकायबाट अनुभव हुनुपर्ने छ

यो सँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ । यसअघि प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा रहेको थियो ।

छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङ्जम्प, सेटअप, पुसअप र चीन अप गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : ३५ बजे

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक