२०८२, २३ मंसिर मंगलबार

एमाले अध्यक्ष ओलीको निर्देशन विपरीत कर्णालीमा प्यानलसहित प्रतिस्पर्धा

एमाले अध्यक्ष ओलीको निर्देशन विपरीत कर्णालीमा प्यानलसहित प्रतिस्पर्धा


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा जारी छ । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ ।

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन । मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि सिटी हल बाहिर लाइनमा छन् । ‘मतपत्र छपाइ लगायत केही प्राविधिक काम बाँकी रहेकाले ढिला भएको हो । भखरै नयाँ कार्यतालिका सार्वजनिक गरेका छौं,’ अध्यक्ष मण्डलका सदस्य समेत रहेका विष्णु रिजालले भने, ‘मतदान प्रक्रिया १० बजेदेखि ५ सम्मका लागि हुने भएको छ ।’

मतदान शनिबार दिउँसो १२ बजेदेखि हुने भनिएपनि प्राविधिक कारण देखाउँदै आइतबार बिहानका लागि सारिएको हो । निर्वाचन टोलीले शनिबार बेलुका मात्रै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

उम्मेदवारहरु प्यानलसहित प्रतिस्पर्धामा

नामावली अनुसार अध्यक्ष पदमा सल्यानका गुलावजंग शाह, कालिकोटका मीनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाया दाबेदार छन् । गुलावजंग र मीनबहादुर गुटगत प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् भने प्रकाशको कुनै गुट छैन ।

अध्यक्षका लागि शुरुमा पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नुपूर्व कर्णालीका पूर्वसभामुख समेत रहेका दैलेखका राजबहादुर शाही र कालिकोटका पुराना नेता प्रेमबहादुर सिंहले उम्मेद्वारी फिर्ता लिएका छन् ।

एमाले स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बहादुर बोगटी नेतृत्वको गुटबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कँडेल समूहबाट सल्यानका शाह र बोगटी समूहबाट कालिकोटका शाही प्यानल नै बनाएर निर्वाचनमा होमिएका हुन् ।

पोलिटब्यूरो सदस्यसमेत रहेका शाह प्रदेश अध्यक्षका उम्मेद्वार बनेका छन् । एमालेले प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्यको हैसियत दिएको र कार्यकारी पद समेत भएकाले शाह तल झरेको उनी निकट नेताहरु बताउँछन् । पूर्व प्रदेश सभा सदस्य समेत रहेका शाह एमाले सल्यानका पाका र अनुभवी नेताका रुपमा चिनिन्छन् ।

अध्यक्षका अर्का प्रत्यासी शाही भने एमाले प्रदेश कमिटी सदस्य हुन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका उनी बौद्धिक नेताको छवि बनाएका छन् । मानव अधिकार अलाइन्सका केन्द्रीय अध्यक्ष समेत रहेका शाही सामुदायिक रेडियोका अभियन्ता हुन् । उनी गैरसरकारी संस्थाको नेतृत्वबाट राजनीतिमा उदाएका हुन् ।

रोकाय पनि प्रदेश कमिटी सदस्य हुन् । कालिकोट पचालझरना गाउँपालिकाका रोकाय कुनै बेला माओवादीमा थिए । उनले कुनै गुट-उपगुटको प्रवाह नगरी, कुनै प्रलोभनमा नपरी र झुट्टा आश्वासनलाई बेवास्ता गरेर स्वतन्त्र रूपमा आफूलाई मतदान गरिदिन आग्रह गरेका छन् ।

गुलावजंग शाहको समूहबाट उपाध्यक्षमा जुम्लाका टेकराज पछाईं, सचिवमा सुर्खेतका ध्रवकुमार शाहीले उम्मेदवारी दिएका छन् । त्यस्तै मीनबहादुर शाहीको प्यानलबाट उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतरा र सचिवमा दैलेखका रुद्र शाहीले उम्मेद्वारी दिएका छन् ।

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन गर्नेछ ।

अध्यक्ष ओलीको निर्देशन विपरीत गुट

कर्णाली प्रदेश अधिवेशन बुधबार उदघाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको सार्वजनिक अपील गरेका थिए । अनौपचारिक छलफलमा पनि सर्वसम्मत कमिटी टुंग्याउन दवाव दिंदै काठमाडौं फर्किएका थिए । ‘सकेसम्म सर्वसम्मत गर्नुहोस्, यसले एकताको सन्देश दिन्छ । नभए चुनाव लड्नुहोस्, हार्नुहोस्, जित्नुहोस् । तर प्यानल बनाएर चुनाव लड्न पाइँदैन,’ उद्घाटन सत्रमा निर्देशन दिंदै ओलीले भनेका थिए ।

गुटगत प्रतिस्पर्धा हुने देखिएपछि अध्यक्ष ओलीले महासचिव शंकर पोखरेललाई सर्वसम्मत नेतृत्व टुंग्याउन भन्दै वीरेन्द्रनगरमा बसालेका थिए । बिहीबार दिनभर महासचिव पोखरेलले बन्दसन्त्रलाई थाती राखेर सहमतिको प्रयास गरे । तर, कुनै पनि हालतमा सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने नदेखेपछि उनी बन्दसत्रमा सहभागी नै नभएर काठमाडौं फर्किएका थिए ।

सर्वसम्मत नेतृत्व चुन्न अध्यक्ष ओली र महासचिव पोखरेलको दबाब आएको र सहमतिको अन्तिम प्रयास भन्दै नेताहरु शुक्रबार बिहानदेखि दिउँसोसम्म छलफलमा जुटे । तर सहमति जुट्न भने सकेन । ‘सहमति भनेको, त्याग गर्ने हो । त्याग केही भएकाहरुले गर्ने हो,’ अध्यक्षका उम्मेद्वार रहेका मीनबहादुर शाहीले भने, ‘मैले गुलाव कमरेडलाई तपाईं त पोलिटब्यूरो अलरेडी हुनुहुन्छ । प्रदेश अध्यक्ष त्याग्नुहोस्, हामीलाई नेता बनाउनुहोस् भनें उहाँले मान्नुभएन ।’

एमाले अध्यक्ष ओली र महासचिव पोखरेलको निर्देशन पालना नभएको कर्णालीमा नेतृत्वका लागि हुने निर्वाचन रोचक बन्ने देखिएको छ । नेतृत्वका लागि बोगटी-शाह र कँडेल टिमबीच प्रतिष्ठाको लडाइँ जारी छ ।

अधिवेशन उदघाटन सत्रत्रमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्देशन दिए पनि व्यवहारमा त्यसको ठीक उल्टो रहेको एकजना केन्द्रीय सदस्यले बताए ।

कँडेल र बोगटीको प्रतिष्ठाको लडाइँ भनेर प्रचार गरिए पनि ओली र कँडेलको प्रतिष्ठाको लडाइँ भएको नेताहरु बताउँछन् । अध्यक्ष ओलीले सर्वसम्मत रुपमा आफू अनुकूलको प्रदेश नेतृत्व चयन गर्न खोजे पनि कँडेलले निर्वाचन प्रक्रियाबाट भएपनि आफू अनुकूलको नेतृत्व चयन गरेर देखाउने पक्षमा छन् । जसका लागि कँडेलले अध्यक्षमा शाहलाई अघि सारेको नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : ०३ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला