२०८२, १९ मंसिर शुक्रबार

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री : फ्राङ्क रुबियो

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री : फ्राङ्क रुबियो


काठमाडौं । नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् ।

अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । आफ्ना दुई रुसी अन्तरिक्षयात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बर, बुधबार पृथ्वीमा फर्किएका हुन् ।

उनको लामो बसाइले आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ । रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले त्यस अवधिमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दूरी चन्द्रमामा ३२८ खेप आउन–जान लाग्ने दूरी हो ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ५ : ११ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको