२०८२, २७ चैत्र शनिबार

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री : फ्राङ्क रुबियो

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री : फ्राङ्क रुबियो


काठमाडौं । नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् ।

अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । आफ्ना दुई रुसी अन्तरिक्षयात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बर, बुधबार पृथ्वीमा फर्किएका हुन् ।

उनको लामो बसाइले आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ । रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले त्यस अवधिमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दूरी चन्द्रमामा ३२८ खेप आउन–जान लाग्ने दूरी हो ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ५ : ११ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण