२०८३, ११ कार्तिक बुधबार

देश नेताहरुले मात्र होइन हामीले पनि बिगारेका छौं : अध्यक्ष क्षेत्री

देश नेताहरुले मात्र होइन हामीले पनि बिगारेका छौं : अध्यक्ष क्षेत्री


काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले यो सन्दर्भमा काठमाडौं महानगरका मेयर बालेन शाहको वाहावाही गर्ने काम भएको पनि बताए।

शनिबार काठमाडौमा आयोजित पूर्व अरनिको यातायात प्रा.लिद्वारा निर्मित जडिबुटी बसपार्क संरचना बनाउ अभियानमा उनले आफूहरुले नियमविपरीत बनाएको भन्ने आरोप साँचो नभएको बताए ।

‘बालेन शाहले गरेको काम राम्रो अरु काम खराव होला भन्दै हावादारी कुरा फैलाउने र त्यसकै पछि लाग्नेहरु छन्’ उनले भने, ‘देश नेता, मेयर वा अरु कसैले मात्र हैन हामीले पनि बिगारेका छौं ।े

आफूहरु निराश भइरहेको बेलामा सर्वोच्च अदालतले जडिबुटी बसपार्क भत्काउन नमिल्ने भन्दै दिएको आदेश दिएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले भने, ‘अदालतले व्याख्या गरेर भत्काउन हुँदैन भन्दाभन्दै हरेक व्यक्तिले त्यो पनि हैन भन्न पाइन्छ ? यो विवाद हामी सबैले यसका प्रमाणहरु अदालतमा पेश गरिसकेका छौं । व्यक्ति व्यक्तिलाई त पेश गर्न पर्दैन होला । हामीले के बनाएका छौं नियम विपरित ? केही बनाएकै छैन ।’

बसपार्क हटाउन पर्छ भन्ने विज्ञहरु आम जनता र मिडियाको बीचमा किन नआएको भन्दै क्षेत्रीले प्रश्न गरे ।

यो विषयमा निर्णय गर्नेहरु सर्वोच्चको फैसलापछि अनुत्तरित भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ४ : ५६ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव