२०८३, १४ कार्तिक शनिबार

एमाले कर्णाली अधिवेशन : राजबहादुर शाही र प्रेमबहादुर सिंहले लिए उम्मेदवारी फिर्ता

एमाले कर्णाली अधिवेशन : राजबहादुर शाही र प्रेमबहादुर सिंहले लिए उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाहीले र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताए । ‘‘केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’, उनले विज्ञप्तिमा भनेका छन् ।

उनले पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको बताएका छन् । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि शाहीले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए ।

अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दिएका थिए । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  १ : ३५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा