२०८३, ७ कार्तिक शनिबार

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो


काठमाण्डौ । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।

आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । नेपालले समूहमा जापानलाई पछि पारेको छ । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो । पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो । तर त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्यो ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  १० : २५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने