२०८३, २५ भाद्र शुक्रबार

सल्यानमा जीप दुर्घटना दुईको मृत्यु, १५ जना घाइते, केहीको अवस्था गम्भीर

सल्यानमा जीप दुर्घटना दुईको मृत्यु, १५ जना घाइते, केहीको अवस्था गम्भीर


सल्यान । सल्यानको छत्रेश्वरीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन् । गए राति छत्रेश्वरी गाउँपालिका– ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जीप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका– १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा– १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखराबाट शारदा नगरपालिका– १२ कागखोला तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ६० मिटर तल खसेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

दुर्घटनामा शारदा नगरपालिका–१ चैवाङज्यूलाका जिप चालक २१ वर्षीय रविन बुढाथोकी, शारदा १२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, सोही वडाकी ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका–५ की २४ वर्षीया निर्मला बस्नेत, शारदा १२ की लक्ष्मी खड्का घाइते भएका छन् ।

त्यस्तै शारदा–१४ की २४ वर्षीया निरु कुँवर, शारदा १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षकी टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, शारदा १३ की ७५ वर्षीया जिउली बोहरा पनि घाइते भएकी छन् । घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ७ : ४३ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको