२०८२, १९ मंसिर शुक्रबार

सल्यानमा जीप दुर्घटना दुईको मृत्यु, १५ जना घाइते, केहीको अवस्था गम्भीर

सल्यानमा जीप दुर्घटना दुईको मृत्यु, १५ जना घाइते, केहीको अवस्था गम्भीर


सल्यान । सल्यानको छत्रेश्वरीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन् । गए राति छत्रेश्वरी गाउँपालिका– ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जीप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका– १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा– १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखराबाट शारदा नगरपालिका– १२ कागखोला तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ६० मिटर तल खसेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

दुर्घटनामा शारदा नगरपालिका–१ चैवाङज्यूलाका जिप चालक २१ वर्षीय रविन बुढाथोकी, शारदा १२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, सोही वडाकी ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका–५ की २४ वर्षीया निर्मला बस्नेत, शारदा १२ की लक्ष्मी खड्का घाइते भएका छन् ।

त्यस्तै शारदा–१४ की २४ वर्षीया निरु कुँवर, शारदा १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षकी टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, शारदा १३ की ७५ वर्षीया जिउली बोहरा पनि घाइते भएकी छन् । घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ७ : ४३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको