२०८३, १ आश्विन शुक्रबार

दोलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ

दोलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ


काठमाडौँ । थप तीन किलो सुनसहित दोलखामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ३, स्थित जामुनेबाट केशव तामाङ पक्राउ परेका हुन् । चीनबाट तस्करी गरेर भित्राएको ३ किलो सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

दोलखा प्रहरीले हिजो मात्रै अवैध सुन तस्करी प्रकरणका आरोपी विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर, विगु गाउँपालिका–१, का ५५ वर्षिय नुर्वुछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई सार्वजनिक गरेको थियो ।

उनीहरुलाई हिजो नै दोलखा जिल्ला अदालतबाट ८ दिनको म्याद थपगरी अनुसन्धन अघि बढाईएको छ । चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ । सोहि स्थानबाट चार किलो सुनसहित हिजो ५ जना पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  ४ : ४३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण