२०८२, २१ कार्तिक बिहीबार

दोलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ

दोलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ


काठमाडौँ । थप तीन किलो सुनसहित दोलखामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ३, स्थित जामुनेबाट केशव तामाङ पक्राउ परेका हुन् । चीनबाट तस्करी गरेर भित्राएको ३ किलो सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

दोलखा प्रहरीले हिजो मात्रै अवैध सुन तस्करी प्रकरणका आरोपी विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर, विगु गाउँपालिका–१, का ५५ वर्षिय नुर्वुछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई सार्वजनिक गरेको थियो ।

उनीहरुलाई हिजो नै दोलखा जिल्ला अदालतबाट ८ दिनको म्याद थपगरी अनुसन्धन अघि बढाईएको छ । चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ । सोहि स्थानबाट चार किलो सुनसहित हिजो ५ जना पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  ४ : ४३ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर