२०८३, २२ आश्विन शुक्रबार

एमाले बागमतीको मतदान साढे ११ बजेदेखि हुने, आजै मतपरिणाम घोषणा हुने

एमाले बागमतीको मतदान साढे ११ बजेदेखि हुने, आजै मतपरिणाम घोषणा हुने

एमाले बागमतिमा सहमति प्रयाश असफल


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । सुरुमा ५ जना उम्मेदवार बनेकोमा अन्तिम नामावली प्रकाशन गर्दा केन्द्रीय सदस्यद्वय दाहाल र ढुंगेल मात्र प्रतिस्पर्धामा रहनुभएको हो ।

तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षमा उम्मेदवारी दिनुभएका केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यस्तै उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव प्रतिस्पर्धा हुनेछ । यस्तै उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, खड्गबहादुर खत्री, टासी लामा, डवल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्तकुमारी लामा र रिता गौतम ढकाल उम्मेदवार हुनुहुन्छ । उपसचिवमा एक महिला र एक पुरुष निर्वाचित हुनेछन ।

अध्यक्षका प्रत्यासी कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा रहनुभएको छ । सहमतिको प्रयाश बिफल भएपछि आज बिहान ११ः३० बजेबाट मतदान सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  १० : ५४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य