२०८३, ७ कार्तिक शनिबार

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु


रोशी । १७ औँ विश्व रेविज दिवस २०८० को अवसर पारेर रोशी गाउँपालिकाले सप्ताहव्यापी रेविज विरुद्धको निःशुल्क खोप अभियान शुरु गरेको छ ।
बुधबारदेखि रोशी गाउँपालिकाले सप्ताहव्यापी रुपमा रेविज विरुद्धको खोप अभियान शुरु गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । रेविजको जोखिम बढेकाले सप्ताहव्यापी खोप अभियान शुरु गरेको लामाले बताए । यो अभियानमा कुकुर र बिरालेलाई रेविज बिरुद्धको खोप लगाउदा रेविज न्युनिकरण हुने विश्वास लिएको लामाको भनाई छ ।
गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार खोप अभियान शुरु गरेको पशु सेवा शाखाका प्रमुख रघुनी साहले जानकारी दिए ।

अभियानमा ६ सय कुकुर र विरालोलाई ६ सय डोज भ्याक्सीन लगाउने लक्ष राखेको साहले जानकारी दिए । एक वडामा ५ वटा कुकुर र विरालोलाई भ्याक्सीन लगाउने अनुमान भएपनि अपुग भएमा फेरी थप्ने साहले बताए । साहका अनुसार वडा नं. ७ मा १० गते, वडा नं. १ र २ मा असोज १२ गते, वडा नं. ३ मा १४ गते, वडा नं. ४ मा १५ गते, वडा नं. ५ मा १६ गते, वडा नं. ६ मा १७ गते, वडा नं. ८ मा १८ गते, वडा नं. ९ मा १९ गते, वडा नं. १० मा २१ गते, वडा नं. ११ मा २२ गते र वडा नं. १२ मा २३ गते खोप कार्यक्रम रहेको छ ।
प्रत्येक वडामा आवश्यकता अनुसार दुईदेखि ३ वटासम्म खोप केन्द्र राखेकोले केन्द्रसम्म आफ्नो कुकुर र विरालो ल्याएर सहयोग गर्न गाउँपालिकाले अुनरोध गरेको छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ११ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना