२०८२, २७ चैत्र शनिबार

रोशी गाउँपालिकाद्वारा १७८० परिवारको निःशुल्क स्वास्थ्य विमा

रोशी गाउँपालिकाद्वारा १७८० परिवारको निःशुल्क स्वास्थ्य विमा


रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको नेतृत्वले पहिलो निणर्य गरेअनुसार ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरेका हुन् ।

गाउँपालिकाका ३ हजार ७९ परिवार मध्ये दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा पाएका छन् । नेपाल सरकारले ८ सय ६८ परिवारको संघीय सरकारले निःशुल्क विमा गरेका हुन् भने १ हजार ७ सय ८० परिवारको रोशी गाउँपालिकाले विमाशुल्क व्येहोरेको हो ।
रोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको जेष्ठ नागरिक स्वास्थ्य वीमा सम्बन्धि समिक्षा कार्यक्रम २०८० मा सो विवरण उल्लेख गरेका हुन् । स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्या अनुसार ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य विमा भएको छ । रोशीको जनसंख्या २३ हजार ७ सय ९० रहेकोमा ८ हजार ८ सय ७८ जनाको स्वास्थ्य विमा भएको उनले बताएका छन् ।
एक हजार ७ सय ८० परिवारको गाउँपालिकाले निःशुल्क विमा गरिदिएको छ । ६० बर्ष माथी र ७० बर्ष मूनीको नागरिकको परिवारको गाउँपालिकाको निःशुल्क विमा गरेको हो । त्यसरी नै ७० बर्ष माथीको ८ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क विमा गरेको छ । ५४ जना पूणर् अपांगता भएका नागरिकहरूको पनि निःशुल्क विमा गरेको छ । ३ परिवारको महिला स्वयमसेवीकाहरूको ५० प्रतिशत सरकारले व्यहोर्ने गरी विमा गरेको छ । ४ सय १ परिवारको भने विमा शुल्क आफैले तिरेर विमा भएको छ ।
रोशीका नागरिकलाई कसरी स्थानीय सरकारको महशुस गराउने भन्ने बिषयमा छलफल गरेर निःशुल्क विमा गर्ने निणर्यका साथ अगाडी बढेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । ‘रोशीका नागरिकलाई स्थानीय सरकार पनि छ है भन्ने महशुस कसरी गराउने भन्ने बिषयमा प्रमुख प्रशासकीय अधिकृतसहितको छलफलमा ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्दा हुन्छ भनेपछि हाम्रो कार्यकालको पहिलो निणर्य गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भने, ‘नागरिकहरूले सेवा पाएर खुसी भएको सुन्दा आनन्द आउँछ । हामीले त्यतिखेर राम्रै निणर्य गरेछौँ भन्ने लाग्छ ।’
तत्कालिन समयमा जेष्ठ नागरिकको तथ्यांक अनुसार एक करोड अनुमानित गरेकोमा आर्थिक बर्ष २०७९/८० मा ८० लाख बजेट छुट्याएकोमा ६२ लाख ५४ हजार एक सय खर्च गर्न सफल भएको लामाले बताए । रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्य उपचारबाछ बन्चीत नहोस भन्ने हेतुले पनि यस्तो कार्यको शुरुवात गरेको उनले बताए ।
सामाजिक न्यायको क्षेत्रमा नेपाल सरकारले ७० बर्ष माथीका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेकोमा ६० बर्ष माथीको निःशुल्क स्वास्थ्य विमा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । जतिसक्दो रोशीको जनताले गुनासो नगर्ने गरी काम गर्न कर्मचारीहरूलाई उपाध्यक्ष वाईबाले निर्देशन दिए ।
स्वास्थ्य विमाको क्षेत्रमा रोशी गाउँपालिकाले नमूना काम गरेको स्वास्थ्य विमा बोर्ड काभ्रे संयोजक मुना निरौलाले बताईन । रोशीबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने उनले बताईन् ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ११ : ०३ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण