२०८३, १५ श्रावण शनिबार

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन


काठमाण्डौ । गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको छ । यस्तै गृह मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न दोषीलाई ऐन बमोजिम कारबाही गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

हिजो मङ्गलवार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरोकारवालाको छलफलले डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना स्वास्थ्य संस्थामा राख्ने र कुटपिट तथा तोडफोडमा संलग्नलाई कारबाही गर्ने सहमति भएको थियो ।

गृह मन्त्रालयले विज्ञप्तिमार्फत आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आह्वान पनि गरेको छ । तर डाक्टरहरूले भने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोक्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन् ।

प्रकाशित मिति : २०८०, १० आश्विन बुधबार  ५ : ४५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने