२०८३, ७ कार्तिक शनिबार

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन


काठमाण्डौ । गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको छ । यस्तै गृह मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न दोषीलाई ऐन बमोजिम कारबाही गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

हिजो मङ्गलवार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरोकारवालाको छलफलले डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना स्वास्थ्य संस्थामा राख्ने र कुटपिट तथा तोडफोडमा संलग्नलाई कारबाही गर्ने सहमति भएको थियो ।

गृह मन्त्रालयले विज्ञप्तिमार्फत आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आह्वान पनि गरेको छ । तर डाक्टरहरूले भने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोक्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन् ।

प्रकाशित मिति : २०८०, १० आश्विन बुधबार  ५ : ४५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना