२०८३, १२ आश्विन मंगलबार

टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित, आकस्मिक सेवाबाहेक सबै सेवा बन्द

टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित, आकस्मिक सेवाबाहेक सबै सेवा बन्द


काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।

शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले जानकारी दिए ।

लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनले बताए ।

‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्दै उहाँहरू आन्दोलित हुनुभएको हो । तीनदेखि चार बजेसम्म उहाँसँग अस्पतालले छलफल गर्छ । तर, यो आन्दोलन कहिलेसम्म जान्छ थाहा छैन,’ उनले भने,

चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । ‘आजका लागि आकस्मिक सेवा उपलब्ध गराउन अस्पतालले चिकित्सक व्यवस्थापन गरेको छ,’ उनले भने, ‘आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिनु हुन्छ । बढी आक्रमणमा पर्ने उहाँहरू बढी हुनुहुन्छ । ’

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ३ : ४३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय