२०८३, ७ कार्तिक शनिबार

टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित, आकस्मिक सेवाबाहेक सबै सेवा बन्द

टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित, आकस्मिक सेवाबाहेक सबै सेवा बन्द


काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।

शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले जानकारी दिए ।

लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनले बताए ।

‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्दै उहाँहरू आन्दोलित हुनुभएको हो । तीनदेखि चार बजेसम्म उहाँसँग अस्पतालले छलफल गर्छ । तर, यो आन्दोलन कहिलेसम्म जान्छ थाहा छैन,’ उनले भने,

चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । ‘आजका लागि आकस्मिक सेवा उपलब्ध गराउन अस्पतालले चिकित्सक व्यवस्थापन गरेको छ,’ उनले भने, ‘आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिनु हुन्छ । बढी आक्रमणमा पर्ने उहाँहरू बढी हुनुहुन्छ । ’

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ३ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना