२०८२, २१ भाद्र शनिबार

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु


काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ । वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् ।

ईः का तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

सातौं दिनमा मेयर शाहले प्रदर्शनरत ईः लाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए । तर नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपनि मेयर र अभियन्ताबीच आरोपप्रत्यारोपको स्थिति सिर्जना भएको थियो ।

महानगरले मंगलबार भने वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेको हो ।

वार्ता सुरु हुनु अघि अनलाइनखबरसँग कुरा गर्दै ईः ले दुई महिना अघि बालेनको सचिवालयलाई बुझाएको खाकामाथि पुनर्विचार गर्न आग्रह गरे । उनले भने, ‘मेयरले चुनाव अघि गर्नुभएको आफ्नै वाचा सम्झिदिएर त्यो खाका हेरिदिनु भए हुन्छ ।’

ईः सहित अभियन्ताहरुले बुझाएको खाकामा फुटपाथ व्यवसाय तत्काललाई बिहान र बेलुका अस्तव्यस्त नहुने ठाउँमा खोल्न दिने प्रस्ताव थियो । जफत गरिएका साइकल, गाढा लगायतलाई फिर्ता वा मुआब्जा दिने प्रस्ताव गरिएको थियो । दीर्घकालका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरेर जाने मोडालिटीमा जान सकिने भनिएको थियो ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ३ : २९ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन