२०८२, ९ बैशाख मंगलबार

बागमती एमालेको प्रथम अधिवेशन : प्रतिनिधीहरूले भूल्न नहुने तथ्य !

बागमती एमालेको प्रथम अधिवेशन : प्रतिनिधीहरूले भूल्न नहुने तथ्य !

व्यक्तिगत कुण्ठा, अहंकार र पुराना इविलाई छोडेर समिक्षा गरौं


माक्र्सवादले हामीलाई व्याख्या गर्न मात्र होइन व्याख्या अनुसार बदल्न सिकाएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै पनि चिजको व्याख्या बारम्बार हुने गरेको छ तर त्यसलाई बदल्ने सवालमा निकै नै कम प्रयत्नहरु हुने गरेका छन् ।
नेपाली कम्युष्टिहरुको मूल प्रवाहको रुपमा रहेको नेकपा एमालेले आफुलाई बदलिंदो विश्व परिस्थिति ् नेपाली माटो सुहाउँदो बिचार आदर्शबाट अगाडि बढाइरहेको छ ।

अबको एमालेको बाटो कस्तो हुने र कसरी अगाडि बढाउने भन्ने विषयमा एमालेको मौजुदा नेतृत्व दृढ संकल्पित भएर अगाडि बढिरहेको छ । एमालेलाई नेपाली जनताको आशा र भरोसाको केन्द्र बनाउँदै अगाडि बढिरहेको बेला पहिलो पटक पार्टी भित्र सघीय अभ्यास स्वरुप प्रदेशहरुको अधिवेशन हुन थालेको छ ।

लुम्बीनी प्रदेश अधिवेशनाको समाप्तीपछि राजधानी काठमाडौंमा बागमती प्रदेश अधिवेशन जारी छ । केन्द्रका रुपमा रहेको बागमती प्रदेशको प्रथम अधिवेशन भएका नाताले पनि एमाले भित्र यो अधिवेशनलाई निकै अर्थपूर्ण रुपमा लिइएको देखिन्छ ।
नेताको बरिपरि बसेर आ–आफ्नो नेताको बखान गर्न सक्रिय रहेका प्रतिनिधीहरु मात्रै होइन आफ्नै पार्टीका नेताहरुलाई समेत लक्षितगर्दै अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको थियोः ‘७५ वर्षको इतिहास भएको पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन्, यहाँ नेतृत्वको लागि सबैले योग्यता हासिल गरेका छन् । तर, नेतृत्व लिने नाउँमा प्यानल बनाइएको थाह भयो भने सिंगै प्यानलको उम्मेदवारी पनि खारेज हुनसक्छ । अध्यक्ष मण्डलले त्यो अथोरिटि राखेर काम गरोस्, प्यानलमा होइन, ब्यक्तिमा चुनाव होस,’।
अध्यक्ष लगायतका पार्टी पदाधिकारीका लागि पार्टी बिभाजनका बेला दह्रोसँग उभिएका आफ्ना नेताहरुले दाबी गर्न नछोडेपछि अध्यक्ष ओलीले भन्नुभएको थियोः सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने एमालेको परम्परा रहेको भन्दै समुहबन्दी भने गर्न नपाउने, चुनाव लडछु भन्नेले चुनाव लडन पाउने र उम्मेदवार बन्नुअघि कार्यकर्ता सामु आफ्नो ब्यवहार कस्तो छ भनेर हेर्न पनि अध्यक्षका अकांक्षीहरुलाई सुझाउनुभयो । अध्यक्ष ओलीको यो सुझपूर्ण निर्देशनले एमालेलाई कार्यकर्ताका बीचमा अझ बलियो बनाएको छ ।

बागमती प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जना दावेदार देखिनु भएको छ । मकवानपुरका कृष्ण दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ र बर्तमान प्रदेश अध्यक्ष केशव पाण्डेले अध्यक्षमा दावी गरिरहँदा अध्यक्ष ओलीले दिनुभएको अभिव्यक्ति उहाँहरु तर्फ केन्द्रीत भएको सहजै बुझ्न सकिन्छ । सर्वसम्मत र केही सकसपूर्ण तरिकाबाट छानिएर आएका प्रतिनिधी नेताहरुले उद्घाटन स्थलमा व्यक्त गरेका चिया गफ सुन्दा लाग्छ, एकले अर्कालाई सहजै अस्वीकार गर्ने अबस्था सिर्जना भएको छैन । एकै जिल्लाबाट पदाधिकारीमा २ जनाले दाबी गर्न थालेपछि पार्टीमा बिग्रह आउने अबस्थाको आँकलनगर्दै अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व छनोट गर्न वा प्यानल बिना निर्वाचनमा गएर लोकतान्त्रिक विधी अपनाउन सुझाव दिनुभएको तथ्यलाई कुनै पनि नेता वा प्रतिनिधी भुल्न हुँदैन । अधिवेशनका लागि प्रतिनिधी चयनमा देखिएको असन्तुष्टि वा जिल्ला जिल्लामा देखिएको स्वार्थ समूहको क्रियाशिलता प्रति अध्यक्ष ओली चिन्तित हुनुहुन्छ र त्यसलाई अधिवेशन मार्फत निमिट्यान्न पार्नका लागि तयारीमा हुनुहुन्छ ।

एमाले अध्यक्ष ओली जति क्रियाशिल हुनुहुन्छ, त्यति नयाँ पुस्तामा क्रियाशिलता वा क्रिएसन हराइसकेको छ । अहिलेका एमाले कार्यकर्ता इतिहासको भारी बोकेर बोकेर होइन वर्तमानसँग रम्न चाहान्छ र उसले आफ्नो संरक्षकत्व पनि खोज्दछ । स्वार्थ समूह बनाउने वा स्वार्थका कामहरु गराउन कार्यकर्तामाथि दबाब दिने नेताले पार्टी र कार्यकर्ताको संरक्षण वा हितका लागि गरेको योगदान वा चालचलन बारे अहिलेका एमाले कार्यकर्ताहरु फेरिहस्त जानकारी राख्दछन् । इतिहासको कथा रटाएर कोही पनि एमाले कार्यकर्ता बर्तमानमा गरेका कमी कमजोरी वा गलत चालन चलनलाई क्षमा दिन चाहँदैनन् भन्ने तथ्य बागमतीका प्रदेशका एमाले नेताहरुले राम्ररी बुझ्न जरुरी छ ।

एमालेले बिगतमा सञ्चालन गरेको ‘मिसन ग्रासरूट अभियान’ले जिल्ला जिल्लामा एमाले कुन अबस्थामा छ र नेताहरु पार्टी निर्माण गर्न को कति जिम्मेवार छन् ? भन्ने तथ्य केलाइसकेको अबस्थामा भइरहेको एमालेको बागमती प्रदेश अधिवेशनले पारित गरेको कार्यनीति र कार्यदिशालाई स्थानीय तहसम्म लैजाने योग्य र सक्षम कमाण्डार चयन गर्नुपर्ने छ, ताकि त्यो कमाण्डर आगामी प्रदेशको मुख्यमन्त्रीको लागि पनि योग्य होस् । त्यसैले पनि राजधानीमा आफ्नो प्रदेशको कमाण्डर र सहकमाण्डरहरु छान्न भेला हुनुभएका प्रतिनिधीहरुले बिवेकलाई बन्धक राखेर होइन बिधी र पद्धतिलाई स्थापित गर्न सक्ने र पार्टी केन्द्रको राजनैतिक बैचारिक तथा सांगठानिक स्पिरिटलाई कार्यान्वयनमा लैजान सक्ने कमाण्डर चुन्न जरुरी छ । जसले गर्दा एमाले भित्र जिल्ला तहमा देखापरेका स्वार्थ समूहको अन्त्य हुनेछ ।

अहिले प्रदेश अध्यक्षका लागि देखिएका अनुहारहरु कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशव पाण्डे अब्बल मानिनुहुन्छ तर यी मध्ये पनि अझ बढी अब्बल को हुनुहुन्छ ? उहाँलाईनैं छान्ने र जनस्तरमा बलियो एमाले बनाउने महान जिम्मेवारी लाखौं एमालेका संगठित सदस्यहरुको प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधिहरुको काँधमा आएको छ । त्यसैले यो वा त्यो बहानामा आफ्नो महान जिम्मेवारी बिर्सने र तथ्यका आधारमा सत्य स्थापित गर्ने कुरालाई भुल्नु हुँदैन ।

त्यसैले हामी सबैले एकैसाथ भन्नै पर्ने भएको छः व्यक्तिगत कुण्ठा, अहंकार र पुराना इविलाई छोडेर सही र सक्षम नेतृत्व चयन गरौं । यदी यो जिम्मेवारीबाट महाधिवेशन प्रतिनिधीहरु पछि हट्ने हो भने न पार्टी रहन्छ नत नेतृत्वनैं । त्यसैले यो मार्गबाट एमाले जन किञ्चित पछि हट्नु हुँदैन । ( प्रेम दाहाल , लेखक प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज हुनुहुन्छ ।)

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ९ : ४३ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज