२०८३, २१ आश्विन बिहीबार

काभ्रेको बेथानचोकमा दुग्ध उत्पादक कृषकहरुलाई क्यान वितरण

काभ्रेको बेथानचोकमा दुग्ध उत्पादक कृषकहरुलाई क्यान वितरण


बेथानचोक । दुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका वडैपिच्छे किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताउनु भयो । वडाको कृषि तथा पशुपालक किसान लक्षित कार्यक्रमको निरन्तरता स्वरुप यो काम भएको भन्दै किसानका लागि क्यान वितरण कार्यक्रमसँगै पशुआहरका गतिविधि सञ्चलन गर्न वडालाई आग्रह गर्नुभयो । वडा नं. ३ दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकोले किसान प्रोत्साहन हुने गरी काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उहाँले किसानले किसान हुँ भनी गर्व गर्ने खालका कामहरु गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकास, नयाँ नयाँ प्राविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिदै जाने बताउनु भयो । उहाँले बेथानचोकको हावापानी कृषिका लागि राम्रा भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने कुरा औल्याउनु भयो । कार्यक्रममा वार्ड न ३ का वार्ड अध्यक्ष एवं कार्यक्रमका सभापति कुबेर ढकालले कृषिलाई अन्तिम विकल्प ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कृषि कर्ममै सम्भावना छ भन्ने सन्देश दिन किसानहरुलाई क्यान वितरण गरिएको बताउनुभयो ।

कृषि क्षेत्रमा आकर्षण बढाउन र निम्न आय भएका किसानको जीवनस्तर माथि उकास्ने हेतुले किसानमुखी कार्यक्रमको नीति बनाउँदै जाने भन्दै उहाँले वडाको भू–भाग उच्च भएकोले जुम्लाको मार्सी धान र जुम्ली स्याउ उत्पादन गर्न परीक्षण गरी उत्पादन गर्न प्रयत्न गरिने बताउनु भयो ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ७ : ५० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले