२०८२, ९ मंसिर मंगलबार

काभ्रेको बेथानचोकमा दुग्ध उत्पादक कृषकहरुलाई क्यान वितरण

काभ्रेको बेथानचोकमा दुग्ध उत्पादक कृषकहरुलाई क्यान वितरण


बेथानचोक । दुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका वडैपिच्छे किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताउनु भयो । वडाको कृषि तथा पशुपालक किसान लक्षित कार्यक्रमको निरन्तरता स्वरुप यो काम भएको भन्दै किसानका लागि क्यान वितरण कार्यक्रमसँगै पशुआहरका गतिविधि सञ्चलन गर्न वडालाई आग्रह गर्नुभयो । वडा नं. ३ दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकोले किसान प्रोत्साहन हुने गरी काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उहाँले किसानले किसान हुँ भनी गर्व गर्ने खालका कामहरु गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकास, नयाँ नयाँ प्राविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिदै जाने बताउनु भयो । उहाँले बेथानचोकको हावापानी कृषिका लागि राम्रा भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने कुरा औल्याउनु भयो । कार्यक्रममा वार्ड न ३ का वार्ड अध्यक्ष एवं कार्यक्रमका सभापति कुबेर ढकालले कृषिलाई अन्तिम विकल्प ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कृषि कर्ममै सम्भावना छ भन्ने सन्देश दिन किसानहरुलाई क्यान वितरण गरिएको बताउनुभयो ।

कृषि क्षेत्रमा आकर्षण बढाउन र निम्न आय भएका किसानको जीवनस्तर माथि उकास्ने हेतुले किसानमुखी कार्यक्रमको नीति बनाउँदै जाने भन्दै उहाँले वडाको भू–भाग उच्च भएकोले जुम्लाको मार्सी धान र जुम्ली स्याउ उत्पादन गर्न परीक्षण गरी उत्पादन गर्न प्रयत्न गरिने बताउनु भयो ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ७ : ५० बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा