२०८३, १८ श्रावण मंगलबार

पूर्व अरनिको यातायातको जडिबुटीमा निर्माणाधीन बसपार्क नभत्काउन आग्रह

पूर्व अरनिको यातायातको जडिबुटीमा निर्माणाधीन बसपार्क नभत्काउन आग्रह


काठमाडौं । पूर्व अरनिको यातायात प्रा.लि.ले, जडिबुटीमा निर्माणाधीन सुविधा सम्पन्न बसपार्क नभत्काउन महानगरलाई आग्रह गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्रीले, आफूहरुले महानगरले चाँडै बसपार्क भत्काउन लागेको भन्ने सूचना पाएको भन्दै त्यसलाई आग्रह गरेको बताए । उनले भने ‘काठमाडौं महानगरपालिकाका एसपि पाण्डेले छिट्टै बसपार्क भत्काउने योजना छ भन्नु भएको छ भनेर हामीलाई सुनाएपछि मलाई करेन्ट लागे जस्तो भो । मैले तुरुन्तै यातायात व्यवस्था विभागको डिजी सरसंग भेटे उहाँले त्यही खालको छनक दिनुभयो । दुईटैको दृष्टिकोण एकदमै टकरावमा छ । त्यसो हुनाले त्यस्तो दुर्भाग्य आउन सक्छ भन्ने कुरा दिनुभयो ।’

महानगरले निमय कानून विपरित भएको भन्ने जवाफ दिएको भन्दै उनले आफूहरुले ऐन कानून अनुसार निवेदन दिएको बताए ।
यदी त्यो नभएको भएपनि ऐन कानून जनतामैत्री हुनुपर्ने उनको तर्क छ । उनले सार्वजनिक शौचालय भने नक्सा पास नभई निर्माण भएको स्वीकार गरे । यात्रु व्यवसायीको मात्रै होइन् यात्रुको समेत माग भएको भन्दै बसपार्क नभत्काउन आग्रह गरे ।
उनले भने ‘बसपार्क बचाईदिनुस् भन्ने हाम्रो रोदन हो यो । यो रोदन दुनियाँको समक्ष राखिदिनु होला । ’
जडिबुटिमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर, सुविधा सम्पन्न बसपार्क निर्माणको काम अन्तिमचरणमा पुगेको जानकारी दिएका उनले । पूर्व चल्ने गाडिको लागि बस बसपार्क, टिकट काउन्टर र निःशुल्क शौचालय निर्माण निर्माणधिन रहेको उनको भनाई छ ।
‘एयरपोर्टमा यात्रु बस्ने प्रतिक्षालय छैन् । मान्छेहरु टिकट काट्छन् एयरपोर्टमा आउँछन् उभिएर बस्छन् । हवाई जहाज आउँछ मान्छेहरु उभिएरै चढेर जानु पर्छ । तर हामीले यहाँ चार पाँच सय यात्रुलाई, ओर्लिनेलाई पर्खिने प्रतिक्षालय छ । टिकट काटेर बस्ने यात्रु प्रतिक्षालय छ । त्यति मात्रै होइन्, नेपालको सार्वजनिक बस चढ्ने यात्रुहरु सबै भन्दा निम्न बर्गका छन् । ’ उनले भने ।
त्यस्तै उनले काठमाडौंका मेयर बालेन साहले अहिले सम्म एउटा पनि नि शुल्क सार्वजनिक शौचालय निर्माण नगरेको भन्दै आलोचना समेत गरे ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ९ : ५४ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह